‘कर्मा’को ‘सारी लगाइदेउ’मा महिलाको पहिरनमा विपीन

९ चैत २०८१ ५:०५

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । रत्यौलीमा विपीनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ । महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडयो ठठ्यौली र रमाइलो पनि देखिएको छ ।

एक्सन जनरामा निर्माण भएको चलचित्रमा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति र वसन्त लम्सालको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *