आगामी चैत २९ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को टिम यतिबेला चलचित्रको आक्रामक प्रचारप्रसारमा व्यस्त छ । चलचित्रको सार्वजनिक विभिन्न सामाग्रीहरुले हाइप बढाइरहँदा आम दर्शक र चलचित्रकर्मीहरु माझ पनि उत्तिकै चासो बढाएको छ ।
यसैविच, निर्माणपक्षले चैत्रको १५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘पिताम्बर उत्सव’ गर्दैछ । पिताम्बर उत्सवमा दर्शकसँग नै ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माणपक्ष छ ।
यो चलचित्रलाई निर्देशक कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । उनका अनुसार, भव्य स्टेज र केही एलईडी लगाएर यो चलचित्रका मेकरले ट्रेलर सार्वजनिक गर्ने तयारी गरेका छन् । जसमा यो चलचित्रका सबै कलाकार तथा प्राविधिकहरूको उपस्थिति रहने जनाइएको छ ।
नेपालमै पहिलो पटक नयाँ तरिकाले ट्रेलर सार्वजनिक गर्न लागिएको निर्माणपक्षले दाबी गरेको छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
यस्तै, बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
विशाल चौलागाईंको लगानी रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।