‘कर्मा’मा विपीन र मुकुनको टकराव

९ चैत २०८१ ९:३५

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको एक्सन ड्रामामा आधारित ‘कर्मा’ मार्फत विपीन पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो ।

ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो चलचित्र हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा चलचित्रमा कस्तो हुनेछ ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीले बताएका छन् ।

विपीन र मुकुन दुवैले ‘कर्मा’मार्फत नयाँ अनुभव गर्दैछन् । दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’मा कस्तो हुनेछ, प्रतिक्षाको विषय बनेको छ । चलचित्रमा पोजेटिभ पात्रहरूको नेतृत्व विपीनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ ।

टिजरमा विपीनको एक्सन देखिए पनि मुकुनको एक्सन हेर्न भने बाँकी छ । जुन ट्रेलरमा देखिने निर्देशक चौधरीले बताएका छन् । विपीन र मुकुन दुवैले एक्सनका लागि मेहनत गरेको सौरभको भनाइ छ ।

चलचित्रमा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । विपीन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

आगामी चैत २९ गते रिलिज हुने यो चलचित्रमा निर्देशक चौधरीको लेखन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन, वसन्त लम्सालको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *