काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक सविर श्रेष्ठले ‘३६ को आँकडा’ निर्देशन गर्ने भएका छन् । यो चलचित्रमा नायिकाद्धय रेखा थापा र पूजा शर्माले एकसाथ काम गर्दैछन् । चलचित्र ‘उपहार’पछि नायिकाद्धय रेखा र पूजा यो चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।
वैशाखको अन्तिम साताबाट छायांकन हुने यो चलचित्र पारिवारिक तथा एक्सन जनरामा निर्माण हुने जनाइएको छ । चलचित्रको लागि अब दुई नायक फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्रको अहिले स्क्रिप्ट र संगीतको काम धमाधम चलिरहेको छ । नायिकाद्धय रेखा थापा र पूजा शर्मा पनि यो चलचित्रलाई अझ विशेष बनाउन लागिपरेका छन् ।
‘कसले चोर्यो मेरो मन’बाट निर्देशनमा डेब्यु गरेका सविरले ‘काली, तथास्तु’ लगायतका चलचित्र सफल भएको थियो । अब, यो पटक अझै विशेष र फरक बनाउने उनको तयारी छ ।