ओम प्रतिकको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मोअर’को प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षका अनुसार यो चलचित्रलाई आउँदो वर्षको साउन २३ गतेबाट रिलिज गर्ने पक्का गरिएको हो ।
चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ । काठमाडौं, पाल्पा, प्युठान, रोल्पा, दाङ लगायतका स्थानमा छायांकन गरिएको यो चलचित्रको वितरकहरुसँग सल्लाह गरेर चलचित्रको प्रदर्शन मिति साउनमा तय गरिएको निर्माणपक्षले बताएको छ ।
चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो चलचित्रमा ओम प्रतिककै कथा छ । दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कुमार महर्जनको एक्सन रहेको चलचित्रको कथावस्तुबारे अहिलेसम्म केही खुलाइएको छैन ।