‘बिगुल’मा नरेन खड्का अनुबन्धित

१२ चैत २०८१ ७:२५

रमेश कोइरालाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘बिगुल’मा नायक नरेन खड्का अनुबन्धित भएका छन् । निर्माणपक्षले यो चलचित्रको मुख्य भूमिकामा नरेनलाई अनुबन्धित गरेको हो ।

वैशाख १ गतेबाट छायांकन सुरु गर्ने तयारीमा रहेको यो चलचित्रले अन्याय विरुद्धको आवाज उठाउने निर्माणपक्षले बताएको छ ।

एमजीपी ब्यानरले निर्माण गर्न लागेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, कल्पना पौडेल प्रस्तुतकर्ता र शिव ढकालको छायांकन रहने छ ।

नरेनले अभिनय गरेको पछिल्लो चलचित्र ‘१२ गाउँ’ हो । ‘हमेशा’बाट उनले नेपाली चलचित्रमा डेब्यु गरेका थिए । उनले काम गरेको चलचित्र ‘बुलाकी’बाट उनको सर्वाधिक चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *