कृषा चौलागाइले निर्देशन गरेको चलचित्र ‘पिताम्बर’को ट्रेलर रिलिज स्थगीत भएको छ । यो चलचित्रको ट्रेलर भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा दर्शकहरुलाई अगाडि राखेर रिलिज गर्ने तयारीमा निर्माणपक्ष थियो ।
तर, भोली नै समाजवादी मोर्चाले भृकुटीमण्डपमै शक्ति प्रदर्शन गर्ने भएपछि पूर्व निर्धारित ट्रेलर रिलिज कार्यक्रम स्थगीत भएको हो । चलचित्र निर्माणपक्षले ट्रेलर रिलिज कार्यक्रमका लागि रकम समेत बुझाइसकेको थियो ।
बुझिअनुसार, यो चलचित्रको ट्रेलर सार्वजनिक नहुने भएपछि निर्माणपक्षले चलचित्रको एउटा गीत सार्वजनिक गर्न लागेको हो । निर्माता विशाल चौलागाइका अनुसार, अब राजनीतिक परिस्थिति हेरेर मात्र ट्रेलर सार्वजनिक हुनेछ ।
दर्शकमाझ निकै प्रतिक्षित मानिएको यो चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी दिव्य देव, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव बिष्ट, आर्यन सिग्देल लगायतका कलाकारहरुको अभिनय छ ।