नेपाली जनताले एउटा सही व्यक्ति खोजेको हो : राजेश हमाल

१८ चैत २०८१ ८:३८

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नायक राजेश हमालले ‘व्यक्ति खराब हो कि व्यवस्था’ भन्ने विषयमा जनताले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएका छन् ।

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नरसिंहा अवतार’को कार्यक्रममा पत्रकारले पछिल्लो राजनीतिक घटनालाई कसरी हेर्नुहुन्छ ? भन्ने प्रश्नमा हमालले यस्तो जवाफ दिएका हुन् ।

हमालले अगाडि जोड्दै भने , ‘हामीलाई २०–२५ वर्षपछि कता–कता आफू चुकेको जस्तो लाग्छ । बारम्बार हामीलाई जसले नेतृत्व दिनुपर्ने हो उहाँहरूबाट हामीले धोका पाएको महसुस गर्छौ । हामीले नै बोकेर सत्तामा पुर्याएकाहरुबाट हामी निराश हुन्छौँ । उहाँहरूबाट अपेक्षा अनुसारको काम हुँदैन । अनि हामी निराश हुन्छौँ । यसैले, खराब व्यक्तिमा हो कि व्यवस्थामा भन्ने विषयमा हामीले निर्णय गर्नुपर्छ ।’

त्यस्तै, देशले अहिले राजा खोजेको नै हो भन्ने प्रश्नलाई जोड्दै हमालले देशले नेपाली जनताले एउटा सही व्यक्ति खोजेको धारणा राखे । ‘हामीले नेतृत्वदायी भूमिकामा एउटा सही व्यक्ति खोजेका हौँ । तर, हामीले नै ल्याएका व्यक्तिबाट काम नभएपछि हामी फेरि सोच्न थाल्छौँ’, हमालले थपे ‘हामीले गरेको छनोट सही छ कि छैन भन्ने विषयमा हामीले नै गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’ उनले भने।

आफू राजनीतिक मैदानमा अहिले नै नआउने भन्दै उनले नयाँ पुस्ता वा पुरानो पुस्ता भन्दा पनि सही व्यक्ति आउनुपर्ने तर्क व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *