मुहूर्त सटसँगै ‘अभिमन्यु’को छायांकन सुरु

१९ चैत २०८१ ५:१०

सुशान्त गौतमले निर्देशन गर्ने चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । निर्माणपक्षले कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेको हो ।

मुहूर्त सट लिइएसँगै चलचित्रको छायांकन सुरु भएको छ । चलचित्रमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

निर्माता विनोद पौडेलले यो चलचित्रलाई आगामी भदौ २७ गते रिलिज गर्ने घोषणा गरिसकेका छन्। चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको चलचित्रले पेश गर्छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा मुकेश खनालको लेखन र क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । चलचित्रमा शरद महतोको डिओपी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *