यहि चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘कर्मा’कि नायिका उपासना सिंह ठकुरीले आफू एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्माको एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् ।
‘म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,’ उपासना भन्छिन्, ‘मैले आजसम्म एक्सन चलचित्रमा गरेको छैन । तर, अब काम गर्ने रहर छ ।’
‘मलाई पनि एक्सन चलचित्रमा काम गर्ने रहरछ । अरु क्यारेक्टर धेरै गरेँ । तर, अब एक्सन चलचित्रबाट अफर आओस भन्नेछ,’ ‘म एक्सन चलचित्रबाट अफर आउँछ भन्ने पर्खाइमा छु । उनले भनिन।
यो चलचित्रमा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । साथमा, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति र वसन्त लम्सालको यो चलचित्रमा लगानी छ।