जिबी आग्रीको ‘द महावीर’ घोषणा

२३ चैत २०८१ १४:००

हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । जिबी आग्रीले निर्देशन गर्ने यो चलचित्र निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेको हो ।

सार्वजनिक थिम पोस्टरमा रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ । तर, यसको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । चलचित्रको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जित भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ ।

चलचित्रको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन् । लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन् ।

कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन् । डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् । चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *