कस्तो लाग्यो ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ ?

२३ चैत २०८१ १४:१४

यहि चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ रहेको यो गीतमा यो चलचित्रकी निर्देशक कृषा चौलागाईंको शब्द छ ।

यो गीतको भिडियोमा प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्त फिचर्ड छन्। गीतमा सुरक्षाप्रति सौगातको प्रेमभावलाई प्रस्तुत गरिएको छ । तराईको लोकेसनमा खिचिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ । बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *