‘नरसिंहाः अवतार’मा उषा खड्गीको यस्तो लुक्स

२५ चैत २०८१ २:५४

आगामी जेठको ९ गतेबाट रिलिज हुने चलचित्र ‘नरसिंहाः अवतार’ उषा खड्गीको डेब्यु चलचित्र हो। सन् २००० मा मिस नेपालको ताज जितेकी थिइन्।

मिस नेपाल भएको २५ वर्षपछि चलचित्रमा डेब्यु गरेकी उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैबिच, यसको निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ । निर्माणपक्षले सोमबार सार्वजनिक गरेको पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देखाइएको छ।

यो चलचित्रमा उनी नायक राजेश हमालको जोडीको रुपमा छिन् या छैनन् भन्ने कुरा अहिले नै खुलाइएको छैन्। तर, यो चलचित्रलाई लिएर उषा निकै नै उत्साहित छिन्। उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा भने पहिला नै काम गरिसकेकी छिन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *