हेर्नुहोस् अर्पण थापाको ‘कल्ली’ लुक्स

२५ चैत २०८१ ३:१६

लक्ष्मण सुनारको निर्देशनमा तयार भइरहेको चलचित्र ‘कल्ली’को अहिले धमाधम छायांकन भइरहेको छ। यसको छायांकन सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ ।

निर्माणपक्षले चलचित्रमा अर्पण थापाको भूमिका के हो भन्ने खुलाएको छैन । तर, उनको यो लुक्सले दर्शकहरुमा कौतुहलता बढाउने देखिन्छ । अहिले यो चलचित्रको जुम्लामा छायांकन भइरहेको छ । काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो । चलचित्रका निर्माता किरण नेपालीका अनुसार, अब एक सातामा छायांकन सकिनेछ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ । महेश दवाडीको लेखन रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । निसाल पौडेलको छायांकन रहेको छ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *