आकाश र उगेनको ‘माया के हो ?’

२६ चैत २०८१ १०:५३

गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतका सङ्गीतकार अर्जुन पोखरेल, निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेनको बिच भिडियो सार्वजनिक गरिएको हो।

प्रेमराजा अधिकारीको शब्द रहेको गीतको भिडियोलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ । निर्देशक खड्काले गीतको भाव अनुसार नै भिडिओ तयार गरेको बताए ।

ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको भिडियोमा हरी हुमागाईंकको छायांकन, सुवास तिमल्सेनाको शृंगार, कुसुम बुटिकको ड्रेस, विकास धमलाको सम्पादन रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *