लक्ष्मण सुनारको कथा तथा निर्देशनमा अहिले जुम्लामा छायांकन भइरहेको चलचित्र ‘कल्ली’को प्रदर्शन मिति तय गरिएको छ । बुधबार यो चलचित्रको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।
हिमाल कडरिया र अमला देबी राई निर्माता रहेको चलचित्रको प्रदर्शन मिति वितरकहरुसंग सल्लाह गरेर तय गरिएको निर्माणपक्षले बताएको छ। चलचित्रमा महेश दवाडीको लेखन, निसाल पौडेलको छायांकन र सरोज नेपाली कार्यकारी निर्मातामा छन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन्। चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ ।
तिहारको दुई सातापछि प्रदर्शनमा आउँ लागेको यो चलचित्रको कथावस्तु बारे निर्माणपक्षले अहिले नै केहि बताएको छैन। चलचित्रलाई काफिया फिल्मस् र कुबेर फिल्मस्ले वितरण गर्नेछन् ।