‘कार्की साइँला’मा जितुको इन्ट्री

२७ चैत २०८१ ५:०२

कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने चलचित्र ‘कार्की साइँला’मा कलाकार जितु नेपालको इन्ट्री भएको छ। यो चलचित्रको प्रमुख भूमिका मध्यको एक भूमिकामा उनलाई अनुबन्धित गरिएको हो। अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएको छ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार हुने यो चलचित्रमा बालकुमार राई र श्याम मगर निर्माता रहेका छन्। ग्रामीण जीवनको कथा पेश गर्ने यो चलचित्रले भुइँ मान्छेको कथालाई चलचित्रमा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिए।

धनकुटामा छायांकन हुने चलचित्रको प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।यो चलचित्रको पात्र एक भरिया हुन् । चलचित्रमा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *