फ्राइडे रिलिजः हलमा ‘पिताम्बर र कर्मा’, दर्शकको रोजाइ कुन ?

२८ चैत २०८१ १:२१

आज देखी हलमा २ नयाँ नेपाली चलचित्र ‘पिताम्बर र कर्मा’ रिलिज हुँदैछन् । कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ दुवै एक्सन चलचित्र हो।

‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका यी दुई चलचित्रमध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ। त्यस्तै, विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ।

पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगातमल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरकाे प्रि बुकिङ समेत निकै उत्साहजनक देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *