एक्सनसँगै रोमान्टिक जनरामा निर्माण भएको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी चलचित्रमा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको वुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन ।
जेठको ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रलाई लिएर नीति शाह निकै नै उत्साहित छिन् । उनले, नायक राजेश हमालसँग चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको र धेरै कुरा सिकेको पनि बताएकी छिन् ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । चलचित्रमा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, करण सिंह प्रोडक्सन डिजाइनर र एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।