उपेन्द्र सुब्बाको ‘जारी २’ घोषणा

१ वैशाख २०८२ ४:२५

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने चलचित्र ‘जारी २’ निर्माणको घोषणा गरिएको छ। सोमबार नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको हो ।

चलचित्रको अफिसियल घोषणा संगै यसको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो चलचित्रलाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । चलचित्र यही वर्षको दशैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

रामबाबु गुरुङले निर्माण गर्ने यो चलचित्र बैशाख तेस्रो साताबाट फ्लोरमा जानेछ। चलचित्रमा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको चलचित्र जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *