‘ढुकढुकी’ निर्माणको घोषणा

१ वैशाख २०८२ ७:१४

फिल्म ‘ढुकढुकी’ बन्ने भएको छ । २५ वर्ष अगाडि निर्माण भएको फिल्मको नाम सापटी लिएर ओम प्रतिकले यो फिल्म बनाउन लागेका हुन् । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन रहनेछ । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् ।
फिल्ममेकर प्रालिको प्रस्तुतिमा यो फिल्म तयार हुन लागेको हो ।

फिल्मका लागि अहिले कोही पनि कलाकार फाइनल गरिएको छैन । यो टिमले बनाएको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ ।

फिल्म ‘ढुकढुकी’ २५ वर्ष अगाडि निर्माण भएको थियो । विनोद मानन्धरले निर्माण गरेको फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले नै लेखेका थिए । उनले अहिले यही नामको फिल्मलाई निर्देशन गर्न लागेका हुन् । फिल्मको छायांकन तिहारपछि सुरु गरिने निर्माणपक्षले बताएको छ । प्रेमकथामा यो फिल्म बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *