निर्देशक राज बहादुर सानेको निर्देशन रहेको चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति घोषणा गरिएकाे छ । बैशाख १ गते नयाँ वर्ष २०८२ को अवसर पारेर यसको एक पाेष्टर सार्वजिनक गर्दै आगामी साउन २३ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
माओवादी जनयुद्धको कथा भन्ने यो चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत छन् ।सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन् भने उनको छेउमा बेनिशा बच्चा बोकेर उभिएकी छिन। चलचित्रमा उनीहरु श्रीमान्–श्रीमतीको भूमिकामा रहेको बुझिन्छ ।
सौगातले चलचित्रमा जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । चलचित्रमा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो चलचित्रमा प्रदीप भारद्धाज र निर्देशक सानेको कथा ,भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा छन् ।