नयाँ बर्ष २०८२ को अवसर पारेर नयाँ लचित्र ‘पुष्पलता’को घोषणा गरिएको छ । निर्देशन सुनील निउरेको कथा तथा निर्देशनमा बन्ने यो चलचित्रले लभ स्टोरी र पारिवारिक कथा भन्नेछ।
ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रमा काम गर्ने प्रमुख पात्र को-को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन । पछिल्लो समय बनि रहेको प्रेमकथा भन्दा फरक प्रेम कथामा चलचित्र ‘पुष्पलता’ बन्ने लेखक तथा निर्देशक निउरेले बताए ।
आगामी भदौबाट छायांकन गर्ने तयारी रहेको चलचित्रको दुइ वटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक थिम पोस्टरले पनि चलचित्र प्रेमकथामा बन्ने झलक दिएको छ।
चलचित्रमा कास्टिङ डाइरेक्टर संजोग रसाइली रहेका छन्, चलचित्रमा हर्क साउदको शब्द शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ । प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन् ।