‘मलाई हार्न दिदैन’मा रमेश उप्रेती र सनीशाको रोमान्स

२ वैशाख २०८२ ९:५४

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मलाई हार्न दिदैन’ सार्वजिनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अञ्जु पन्त र चेतन चुडालको स्वर, अर्जुन पोख्रेलको सङ्गीत, संजिव बराइलीको एरेञ्ज र नरेश विविसीको मिक्सिङ एवम् माष्टरिङ छ ।

माधव शर्माको निर्देशन एवम् प्रबीन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक रमेश उप्रेती र सनीशा भट्टराईलाई फिचरिङ गरिएको छ । प्रेमिलको गीतमा मायाले हार्न निदिने र बाँच्न सकिउने भाव व्यक्त गरिएको छ । दुःखैमा रहेपनि अभावै भएपनि सुखले हास्न सिकाउछ ।

उत्सव दाहालको छयांकन, विकास दाहालको दृश्य सम्पादन रहेको गीतको भिडियोमा सविना गुरुङको श्रृङ्गार छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *