राजेन्द्र ढकाल (राहुल)को निर्माणमा चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यसको अफिसियल घोषणा गरेको हो । यो चलचित्रको थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलको कथालाई प्रस्तुत गर्नेछ ।
सार्वजनिक थिम पोस्टरले क्राइम थ्रिलर जनरामा निर्माण हुन लागेको वुझ्न सकिन्छ । यो चलचित्रलाई चन्द्र कुमार भट्टराइले निर्देशन गर्नेछन् । यो उनको निर्देशनमा डेब्यू हो। भट्टराइले यसअघि ‘समर लभ, मारुनी, राजा रानी, सेतो बाघ’ लगायतका चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका थिए ।
सुस्मिता फिल्मस्को प्रस्तुति रहने यो चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन् । चलचित्रमा राजेन्द्र ढकाल र विनिता शर्मा लगानी रहनेछ । चलचित्रमा रेनु शर्मा र सुस्मा खतिवडा सह–निर्माताको रुपमा छन् ।
चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षको भनाई छ ।चलचित्रमा को–को कलाकारहरु रहनेछन् भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।