‘मिस नेपाल इन्टरनेशनल २०१७’ कि विजेता नीति शाहले कोर्ट म्यारिज गरेकी छिन् । उनले, आफ्ना प्रेमी याचित शमशेर जबरासँग जिल्ला अदालत काठमाडौंमा पुगेर कोर्ट म्यारिज गरेकी हुन्। उनीहरु दुई वर्षदेखि प्रेम सम्बन्धमा रहदै आएका थिए।
न्यायाधीश दीनबन्धु बरालको इजलासमा नीतिले विवाह गरेकी हुन्। तर, यस विषयमा नीतिले अहिले नै केही पनि बोलेकी छैनन् । नीति र याचितले बिहेको प्रमाणपत्र भने लिन बाँकी छ ।
नीतिको प्रेम चर्चाको विषयमा चलचित्र क्षेत्रमा चर्चा समेत चलिरहेको थियो । तर, नीतिले यो विषयमा केही पनि बोलेकी थिइनन् । नीतिले चलचित्र ‘खजुरे ब्रो’ चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन् । उनी अभिनित चलचित्र‘ज्वाइँ साब’ गतबर्ष रिलिजमा आएको थियो ।
उनि अभिनित चलचित्र ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट प्रदर्शनमा आउँदैछ । अहिले बायिका नीति यहि चलचित्रको प्रचार- प्रचारमा व्यस्त छिन् ।