‘हेल्लो काँशीराम’बाट उमेश राई उर्फ ‘फुलन्देकी आमा’को डेब्यु

५ वैशाख २०८२ १२:४९

जेठको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हेल्लो काँशीराम’बाट युवा पुस्तामा लोकप्रिय रहेका हाँस्य कलाकार उमेश राई अर्थात् फुलन्देकी आमा ठूलो पर्दामा देखिदैछन्। सानो पर्दामा दर्शकको मन जितिसकेका उमेश ठूलोपर्दामा देखिन लागेका हुन्।

पहिलो पटक ठूलो पर्दामा काम गरेका उमेशले भने–‘चलचित्रमा काम गर्दा निकै रमाइलो भयो । सुटिङ कहिले सकियो पत्तो नै भएन । डेब्यू चलचित्र भएकाले पनि यी क्षणहरू मेरा लागि विशेष र यादगार हुनेछन् ।’ यस्तै, उनले यो चलचित्रमा आफू भिन्न अवतारमा देखिन लागेको बताए ।

रिम विश्वकर्माको निर्देशन रहेको यो चलचित्रको ट्रेलर र फस्टलुक आएपछि दर्शकको ध्यान खिच्न सफल भएका करण यसबाट उमेश पनि आशावादी छन् ।

रेडलाइन फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रमा पीवी थापाको लगानी छ । यम आलेले खिचेको चलचित्रको बजेट १ करोड ५० लाख रहेको निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *