‘महाभोज’को दुई नयाँ पोस्टर सार्वजनिक

७ वैशाख २०८२ ६:१५

आगामी जेठ १५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘महाभोज’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली, गौमाया गुरुङ, मलिका महत फिचर्ड छन्।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रले राजनीतिक र सामाजिक कथालाई चित्रण गरेको छ । यो चलचित्रको दोस्रो पोस्टर ग्रामीण परिवेशमा आधारित छ । पोस्टरमा वसुन्धरा भुसाल, वुद्दि तामाङ र कमलमणि नेपाललाई स्थान दिइएको छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्रले समाजमा भइरहेका विभिन्न घटना र यसले जनताको जीवनमा कस्तो असर पारेको छ भन्ने कथा भन्छ ।

हिमाल कडरियाको निर्माण रहेको यो चलचित्रमा विकास सुवेदीको कथा तथा पटकथा रहेको छ। विश्वका थुप्रै देशमा एकसाथ प्रदर्शन हुने यो चलचित्रमा मोहन निरौला, पुस्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *