दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको प्रतिक्षित चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको यो चलचित्रको पोस्टरमा सबै कलाकारहरू प्रस्तुत छन्।
सार्वजनिक पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरूलाई स्थान दिइएको छ । यो पोस्टरले चलचित्रमा कुन कलाकारहरूको गेटअप कस्तो छ भन्ने प्रष्ट पार्दछ ।
चन्द्र पन्तको कथा रहेको चलचित्रमा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ । क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।
आगामी जेठ ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ केहि दिन अगाडी सार्वजनिक गरिएको थियो। जुन अहिले सामाजिक संजालमा सुपरहिट भइरहेको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रुचाएका छन् ।जसले गर्दा, चलचित्र अझै प्रतिक्षित बनेको हो।