वसन्तको ‘पाँच पाण्डव’मा धुर्मुस सुन्तली फाइनल

९ वैशाख २०८२ ७:५३

निर्देशक वसन्त निरौलाले चलचित्र ‘पाँच पाण्डव’ निर्देशन गर्ने भएका छन्। निर्देशक निरौलाका अनुसार, यो चलचित्रको मुख्य भूमिकामा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीलाई फाइनल गरिएको हो ।

कल्याणी साखको लगानी र काली रानी फिल्मस्को व्यानरमा यो चलचित्र निर्माण हुनेछ। ३ करोड माथिको बजेटमा निर्माण हुने यो चलचित्रका लाग अन्य कलाकारहरू भने फाइनल नगरिएको निर्माणपक्षले बताएको छ।

यो चलचित्रको कथा निर्माणपक्षले अहिले नै खुलाएको भने छैन्। निर्माणपक्षका अनुसार, यो चलचित्रको लागि अहिले चर्चित कलाकारहरूलाई पनि अफर गरिएको छ । तर, फाइनल भने अझै नभइसकेकाले नाम सार्वजनिक गरिएको छैन्।

चलचित्र ‘सेन्टी भाइरस’मा सिताराम र कुञ्जनाले एकसाथ काम गरेका थिए । यसपछि, यो जोडीले एकसाथ काम अहिलेसम्म कुनै चलचित्रमा काम गरेका थिएनन्। तर, सीतारामले भने चलचित्र ‘लाज शरणम्’मा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *