‘होस्टेल ३’ बाट चर्चा कमाएका रिहान गिरी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख भूमिका रहेको चलचित्र ‘आहुती’को छायांकन सुरु गरिएको छ। १ करोड २५ लाख बजेटमा निर्माण गरिने यो चलचित्रको छायांकन वैशाखको २ गतेबाट पाँचथरदेखि सुरु गरिएको हो।
अनिल संग्रौला मूभी मेकरको ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन गुपचुप भैरहेको छ। तर, छायांकन गुपचुप गरिएता पनि टिकटकमा केही भिडियोहरू सार्वजनिक भइसकेका छन् । सार्वजनिक भिडियोमा साम्राज्ञी र रिहान दुवैको क्यारेक्टर लुक्स देख्न सकिन्छ ।
भवानी संग्रौलको निर्माण तथा निर्देशन रहेको यो चलचित्रमा साम्राज्ञीले ग्रामिण महिलाको भूमिका निर्वाह गरेकी छन् । उनी पहिलोपटक ग्रामिण भूमिकामा देखिन लागेकी हुन् ।
रिहान ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनबाट दर्शकमाझ चिनिएका थिए भने उनको पहिलो डेब्यु चलचित्र ‘होस्टेल’ हो। जुन, हिट पनि भयो। त्यस्तै, साम्राज्ञीको पछिल्लो चलचित्र ‘लण्डन टु पेरिस’ हो। यो चलचित्रमा उनी शीर्ष भूमिकामा देखिएकी थिइन् । तर, उनको यो चलचित्रले बक्स अफिसमा कमजोर ब्यापार गर्यो । उनका पछिल्ला चलचित्रले बक्स अफिसमा कम्जोरको ब्यापार गरिरहदा ‘आहुती’ले भने बक्सअफिसमा उत्कृष्ट ब्यापार गर्नुपर्ने चुनौती साम्राज्ञीलाई थपिएको छ।